(१) दफा १६ बमोजिम पर्न आएको दरखास्त उपर रजिष्ट्रारले आवश्यक जाँचबुझ गरी दर्ता किताबमा नाम दर्ता गर्न सम्बन्धित विषय समितिमा पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश हुन आएको दरखास्त उपर सम्बन्धित विषय समितिले योग्यता सम्बन्धी प्रमाणपत्र र उपाधि मान्यता प्राप्त हो होइन र दरखास्त रीतपूर्वक छ छैन भन्ने कुरामा समेत जाँचबुझ गरी पन्ध्र दिनभित्र परिषद्समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(३) उपदफा(२) बमोजिम समितिले पेश गरेको प्रतिवेदनको आधारमा दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गर्ने नगर्ने कुराको निर्णय परिषद्ले गर्नेछ ।
(४) उपदफा(३) बमोजिम परिषद्ले दरखास्तवालाको नाम दर्ता हुने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गरी तोकिएको ढाचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ र परिषद्ले दरखास्तवालाको नाम दर्ता नगर्ने निर्णय गरेकोमा रजिष्ट्रारले त्यसको जानकारी दरखास्तवालालाई दिनेछ ।